काठमाडौं । आज पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ ।
आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो ।
जसअनुसार बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जानकारी दिएका थिए ।
उनका अनुसार प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात बैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भए अनुसार प्रि बजेटमा निरन्तर छलफल जारी राखिएकाे हाे ।
संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन ।
गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।
शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, ०६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट