काठमाडौँ । नेकपा एमालको अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले ल्याएको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको शिखर सम्मेलन समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाएका हुन्।
उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरे पनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ जनतालाई दिनुपर्ने बताए।
उनले गठबन्धन सरकारले चालु आर्थिक वर्षमा २ प्रतिशतमा झर्नुको जवाफ जनतालाई नदिएर गठबन्धन सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाए।
अध्यक्ष ओलीले आर्थिक वृद्धिदरको लक्ष्य पूरा नगर्ने गठबन्धन सरकारको नेतृत्वमा रहिरहनु उचित नरहेको जिकिर गरे। उनले आफैले लिएको लक्ष्य पूरा गर्न नसक्ने सरकारको आयव्ययको अनुमान विश्वासयोग्य नरहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, २० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना