काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको परीक्षाका लागि ४ लाख ६७ हजार ३८९ विद्यार्थीले फाराम भरेका छन् ।परीक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा केन्द्र तोक्ने काम पुरा भएको बताए । त्यस्तै केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्ने लगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ ।
टेक्निकल काम बाहेकका अन्य काम पुरा भइसकेको अध्यक्ष शर्माले बताए ।यो वर्ष ५६ हजार भन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षा दिन लागेका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यक्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।यसअघि ३ वा सोभन्दा बढी विषयमा नन ग्रेडेड अर्थात एनजी ल्याएका विद्यार्थीले यो वर्ष पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेको थियो । त्योसँगै परीक्षाका लागि ६ वटै विषयको फाराम भरेपनि जति विषयमा एनजी आएको छ त्यक्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको थियो ।‘दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेका छन् । ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ । यसअघि ६ वटै विषयमा फाराम भरेपनि जति विषयमा एनजी आएको छ त्यक्तिकै परीक्षा दिनुपर्छ ।’ अध्यक्ष डा. शर्माले भने ।परीक्षा फाराम भर्दा ६ वटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ ।
यसअघि गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ सिस्टम अनुसार दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, गत वर्ष लिइएको ग्रेड वृद्धि परीक्षामा समेत सफल हुन नसकेपछि ५६ हजार विद्यार्थीले यो वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भएको थियो ।यस्तो हुँदा ड्रप आउट हुने सम्भावना बढेपछि बोर्डको प्रस्तावमा शिक्षामन्त्री अशोक कुमार राईले निर्देशिका संशोधन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाफल प्रकाशित
आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा
स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
कोरियन भाषा परीक्षाका लागी १ लाख २ हजार बढीले दिए आवेदन