काठमाडौं। प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठक सुरु भएको छ । आइतबार अपरान्ह ४ बजेबाट प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु हुनुअघि कार्यव्यवस्था समितिको बैठक बसेको हो । बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन सम्बन्धमा छलफल हुने एजेण्डा रहेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेस गर्ने सम्बन्धमा, आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल सम्बन्धमा, सांसदहरु बस्ने क्रम निर्धारण सम्बन्धमा, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी नियमावलीको व्यवस्था र सभाका सदस्यहरुको उपस्थिति वेवसाइट मार्फत् सार्वजनिक गर्ने र ई–हाजिरी सम्बन्धमा छलफल गर्ने एजेडा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज साँझ जनमत पार्टीको बैठक बस्दै
कानूनसहित सातवटा समितिको बैठक बस्दै
राज्य व्यवस्थासहित दुईवटा समितिको बैठक बस्दै
संघीय संसदका तीन समितिको बैठक बस्दै
कानूनसहित दुईवटा समितिको बैठक बस्दै
संसदीय समितिमा सांसद र सिमेन्ट उद्योगी आमनेसामने, धम्कीपूर्ण भाषाप्रति सांसदहरूको आपत्ति