काठमाडौँ । फाइभजी परीक्षणको जिम्मेवारी पाएको नेपाल टेलिकमले काठमाडौँसँगै पोखरा र वीरगन्जमा पनि परीक्षण सुरु गरेको छ । टेलिकमले यसअघि काठमाडौँको बबरमल र सुन्धारामा फाइभजीको टावर राखेर परीक्षण सुरु गरिरहेको हो ।
गण्डकीको पोखरा र मधेस प्रदेशको वीरगन्जबाट समेत फाइभजीको परीक्षण सुरु भएको हो । यससँगै, देशका ४ स्थानबाट फाइभजी परीक्षण सुरु भएको टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले रातोपाटीलाई जानकारी दिए । ‘टावर जडानको काम सम्पन्न भएपछि परीक्षण सुरु भएको छ,’ भट्टराईले भने, ‘तर, यो एक÷दुई दिनमा सकिने परीक्षण होइन ।’
टावर जडानको काम सकिएसँगै फाइभजी जडान गर्दा आउने समस्या र चुनौतीका विषयमा अध्ययन हुन्छ । जोडिएका टावरबाट प्रवाह हुने सेवाकामाध्यमबाट हुने परिणाम लगायतका विषय समेत हेरिन्छ । टेलिकमले चिनियाँ कम्पनी हुवावेसँगको समन्वयमा नेपालमा फाइभजी परीक्षण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक