काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छन् । एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि तीन दिनमा ओलीले सिंहदरबार पुगेर प्रचण्ड आज दोस्रोपटक भेटेका हुन् ।आजको भेटपछि ओलीलाई पत्रकारहरूले विभिन्न प्रश्न गरेका छन् । पत्रकारले उनलाई, ‘अस्ति पूर्व मन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र ? भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो ।
कहाँ हुनुहुन्छ उहाँ ? भनेर सोधेका थिए जसमा ओलीले तपाईँहरूले खोज्नुस् न भन्ने जवाफ दिए । त्यस्तै ‘तपाईँको त सम्पर्कमा हुनुहुन्छ होला नि ? भन्ने दोस्रो प्रश्नमा ओलीले आफ्नो सम्पर्कमा नरहेको बताए ।‘तपाईँ अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ, के भन्नुहुन्छ ? भन्दा ओलीले प्रतिप्रश्न गर्दै भने, ‘तपाईंहरुलाई विश्वास लाग्यो ?’ उनले थपे, ‘केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि