काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भेटवार्ता सकिएको छन् । एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि तीन दिनमा ओलीले सिंहदरबार पुगेर प्रचण्ड आज दोस्रोपटक भेटेका हुन् ।आजको भेटपछि ओलीलाई पत्रकारहरूले विभिन्न प्रश्न गरेका छन् । पत्रकारले उनलाई, ‘अस्ति पूर्व मन्त्री, उपप्रधानमन्त्री भइसक्या मान्छे हराउँछन् र ? भन्नुभएको थियो । तर, आज त टोपबहादुर रायमाझी हराउनुभयो ।
कहाँ हुनुहुन्छ उहाँ ? भनेर सोधेका थिए जसमा ओलीले तपाईँहरूले खोज्नुस् न भन्ने जवाफ दिए । त्यस्तै ‘तपाईँको त सम्पर्कमा हुनुहुन्छ होला नि ? भन्ने दोस्रो प्रश्नमा ओलीले आफ्नो सम्पर्कमा नरहेको बताए ।‘तपाईँ अभियुक्तलाई जोगाउन लागिरहनुभएको हल्ला छ, के भन्नुहुन्छ ? भन्दा ओलीले प्रतिप्रश्न गर्दै भने, ‘तपाईंहरुलाई विश्वास लाग्यो ?’ उनले थपे, ‘केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन् । उनीहरूले हल्ला फैलाएका हुन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली