काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २० अङ्कको गिरावट आएको छ । गत साता १८८९ बिन्दु अङ्कबाट कारोबार सुरु भएको नेप्से परिसूचक १.०६ प्रतिशते खुम्चेसँगै १८६९ अङ्कमा आइपुगेको छ ।
साताको ४ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ३ दिन ओरालो लागेको थियो । साताको अन्तिम दिन अर्थात् बिहीबार १२ अङ्कले बढ्नुबाहेक अन्य सबै दिन नेप्से ओरालो लागेको हो ।
साताको आइतबार १९ अङ्कले घटेको थियो भने मंगलबार ४ अङ्कले घटेको थियो । यस्तै, बुधबार नेप्से परिसूचक ९ अङ्कले घटेको थियो । सोमबार भने श्रमिक दिवस परेकाले कारोबार बन्द भएको थियो ।
यो साता नेप्से परिसूचकसँग कारोबार रकम पनि खुम्चिएको छ । साताभरमा ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यो दैनिक औसत ७५ करोड रुपैयाँको कारोबार हो । यस्तै, यो साता नेप्सेको बजार पुँजीकरण समेत घटेको छ । बजार पुँजीकरण १ प्रतिशतले घटेसँगै २७ खर्ब २४ अर्ब रुपैयाँमा आइपुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ बैशाख २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार