उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा जरुरी छ : शशांक कोइराला

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १६ : ५७
उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा जरुरी छ : शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन। उनले शुक्रबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उपनिर्वाचनमा हार ब्यहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।

उनले भने, ‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।’ पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

उनले भने, ‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।’ उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार ब्यहोर्नु परेको उनको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस