पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, १४ : १८
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घट्यो

इस्लामावाद । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ६० लाख अमेरिकी डलरले घटेको जनाएको छ ।गत अप्रिल २८ मा उल्लेख भएअनुसार पाकिस्तानी केन्द्रीय बैंकको कुल विदेशी मुद्रा सञ्चिति लगभग  ४.५ बिलियन डलरमा झरेको पनि  एसबीपीले बिहीबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।  

वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब ६ करोड डलर पुगेको पनि केन्द्रीय बैंकले जनाएको छ । एसबीपीका अनुसार पाकिस्तानमा रहेको कुल तरल विदेशी मुद्रा करिब १० अर्ब डलर रहेको छ।पाकिस्तानले केही समयदेखि आफ्नो विदेशी मुद्रा सञ्चितिमा कमीको सामना गरिरहेको छ  जसले समग्र विनिमय दर र दक्षिण एसियाली देशमा व्यापार र आर्थिक गतिविधिलाई प्रत्यक्ष असर गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस