काठमाडौँ । सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
२५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको र बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको बताए।
उनले भनेका छन्, “सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु।”
सभामुख घिमिरेले नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास गर्ने, जातीय विविधताले नेपाल बहुजातीय मुलुक भएको र विविध जातिहरूको आाफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको उल्लेख गरेका छ ।
“विविधता भित्रको एकता हामी नेपालीको मौलिक पहिचान हो, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्”, उनले भनको छन् ।
जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक रहेका र बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले भने-‘सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिमूलक’
कृत्रिम बुद्धिमत्ताको प्रयोग विधायन व्यवस्थापनमा गर्नेबारे अध्ययन भइरहेको छ : सभामुख
जेनेभा जाँदै सभामुख घिमिरे
मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँछ : सभामुख घिमिरे
नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका छ: सभामुख घिमिरे
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्थाको बैठक