काठमाडौँ । नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ ।प्रहरीले एसिसी प्रिमियर कप २०२३ लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गरेको हो ।
उत्कृष्ट खेलाडीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन् । सम्मानित हुनेमा नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झा रहेको थिए ।
सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सङ्गठन र राष्ट्रको प्रतिनिधित्व गर्दै हालै सम्पन्न एसिसी प्रिमियर कप, २०२३ मा उत्कृष्ट प्रदर्शन गरेकामा खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गरे । राष्ट्र एवं सङ्गठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न उनले शुभकामना दिए ।
एसिसी प्रिमियर कप, २०२३ मा नेपाल प्रहरीका खेलाडीको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि सङ्गठन सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
सम्मानित खेलाडीकोतर्फबाट क्रिकेट खेलाडी कुशल भूर्तेलले नेपाल प्रहरी सङ्गठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकामा धेरै गौरव महसुस गरेको बताए । आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र