भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेको सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीनदिन म्याद थप

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, १६ : ४८
भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेको सचिव पाण्डेमाथि अनुसन्धान गर्न तीनदिन म्याद थप

काठमाडौं । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा पक्राउ परेका सचिव टेकनारायण पाण्डेमाथि अनुसन्धानका लागि तीन दिनको समय दिइएको छ ।उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज पाण्डेलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो । उनमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो ।तत्कालीन गृहसचिव रहेका पाण्डेको संलग्नता आशंकामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

अनुसन्धानका लागि प्रहरीले पाण्डेलाई पक्राउका लागि अनुमति मागेको थियो । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने गिरोहमा सरकारी उच्च अधिकारीहरूको पनि संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको सुई गृहका तत्कालीन अधिकारीतिर तेर्स्याएको थियो ।यसै सिलसिलामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस