परराष्ट्रमन्त्रीको बेलायत भ्रमण स्वीकृत

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १९ : ३०
परराष्ट्रमन्त्रीको बेलायत भ्रमण स्वीकृत

काठमाडौं । सरकारले बेलायतका राजा चार्ल्स  तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई स्वीकृत दिएको छ ।

मन्त्रिपरिषदको मंगलबारको बैठकले साउदको बेलायत भ्रणम स्वीकृत गरेको एकमन्त्रीले जानकारी दिए ।चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने मिति तय भएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल उक्त कार्यक्रममा जाने तय भएको थियो । उपचारपछि आइतबार मात्रै नेपाल  फर्केका पौडेल स्वास्थ्यका कारणले सहभागी हुन नसकेपछि परराष्ट्रमन्त्री साउद जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस