काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नेपाललाई घाँडो भएको बताएका छन् । १३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकार सम्पन्न गर्नुपर्ने बताए ।
लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै उनले सीमित नेताहरू आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । माओवादी शान्ति प्रक्रियामा आउनु राम्रो भएको भन्दै उनले शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्वीकार्य नहुने बताए ।
अध्यक्ष थापाले अयोग्य लडाकुको नाममा करोडौं बाढ्ने विषय आपत्तिजनक भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ