रास्वपाको अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले चयन

सफल खबर संवाददाता

सोमबार, १८ बैशाख २०८०, १५ : १२
रास्वपाको अर्थ नीति विभाग प्रमुखमा स्वर्णिम वाग्ले चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा.स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिएको छ । उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकबाट विभिन्न ३६ वटा विभाग गठन गर्दा स्वर्णिमले पनि जिम्मेवारी पाएका हुन् ।

स्वर्णिम चुनावअघि कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए । यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभाग विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस