काठमाडौ । रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा परी थप नौ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी श्याम सरू मगरले जानकारी दिए।
उनका अनुसार गंगादेव गाउँपालिका वडा नम्बर २ ओइलामका १५ वर्षीय तिलक वलीको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका घाइतेमध्ये सोही ठाउँका ६० वर्षीय कलबहादुर वली र ५० वर्षीया महिमा वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
घाइतेहरूलाई उपचारका निम्ति दाङको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा पठाइएको छ।
आइतबार बेलुकी सवा ४ बजेतिर गंगादेव – २ हेलुमखोलामा लु १ ज ४७५५ नम्बरको यात्रुवाहक जिप दुर्घटनामा परेको थियो।
दाङको तुलसीपुरदेखि गंगादेव–७ ताफ्नातर्फ जाँदै गरेको जिपको एकाएक ब्रेक फेल भएर २५० मिटरदेखि ३०० मिटर हाराहारी तल खसेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु