काठमाडौं । चाबहिलको सरस्वतीनगरस्थित भाडा पसल सञ्चालिक नीरा पाण्डेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । गत बैशाख ७ गते नीराको दिउँसै रहस्यमय तरिकाले हत्यामा संलग्न आरोपी विनोद विश्वकर्मालाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।
आरोपीले लुटपाट गर्न निराको हत्या गरेको आयोजित पत्रकार सम्मेलनमा सीआइबीका एसएसपी दिनेश आचार्यले बताए । उनका अनुसार हत्यामा संलग्न आरोपीलेनिराले लगाएको सुनको सिक्रीसँगै काउन्टरमा भएको करिब १२ हजार रुपैयाँ लुटपाट गरेको छ ।
एसएसपी आचार्यले भने, ‘९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो । घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलि पल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको पनि खुलेको छ ।’
हत्यापछिको निरन्तर अनुसन्धान खोजीपछि शनिबार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा झापाबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई झापाको धुलाबारीबाट पक्राउ गरिएको हो ।
नीराको निर्मम तरिकाले हत्या भएको थियो । उनको शरीरका विभिन्न ठाउँमा धारीलो हतियार प्रहार गरिएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १५ : ५३
लेखकबाट थप