काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो । छलफलपछि पुनले सरकारसँग सकारात्मक कुराकानी भएको जानकारी दिनुभयाे।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले ध्यान नलिएको भन्दै चार बुँदे मागसहित पुन गत शुक्रबारदेखि माइतीघरमा धर्ना बस्नु भएको थियो । धर्नामा पुनसँगै सामाजिक अयियन्ताहरु र विभिन्न राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक’ : महावीर पुन
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन