काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको छलफल सकारात्मक भएको छ । दुवै पक्षबीच वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचिव शंकरदास वैरागी र महावीर पुनको टोलीबीच रक्षा मन्त्रालयमा छलफल भएको थियो । छलफलपछि पुनले सरकारसँग सकारात्मक कुराकानी भएको जानकारी दिनुभयाे।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले ध्यान नलिएको भन्दै चार बुँदे मागसहित पुन गत शुक्रबारदेखि माइतीघरमा धर्ना बस्नु भएको थियो । धर्नामा पुनसँगै सामाजिक अयियन्ताहरु र विभिन्न राजनीतिक दलका नेताहरुको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा रहेका नेपाली वैज्ञानिक र प्राविधिकलाई मन्त्री पुनको आह्वान
महावीर पुनसँग रोलेक्स घडी !
महावीर पुनको आक्रोश: तथ्य नबुझीकन धेरै हावा कुरा नगर
जेनजीलाई महावीरको सुझाव– 'गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्'
युवा नेताहरुको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठुलो परिवर्तन सम्भव छैन : महावीर पुन
मन्त्री महावीर पुनको आग्रह : 'अनावश्यक फोन र मेसेज नगर्नुहोस्'