काठमाडौं । काठमाडौंको बोहोराटारस्थित एक डाक्टरको घरमा गएर एक नर्सले आत्महत्या गरेकी छन् । आफूलाई लामो समयसम्म प्रेममा पारेर विवाह गर्न भने अस्वीकार गरेको भन्दै २९ वर्षिया नर्स अनुमा श्रेष्ठले शनिबार आफ्ना डाक्टर प्रेमीको घरमै गएर आत्महत्या गरेकी हुन् ।
प्रहरीमा आएको जानकारी अनुसार डाक्टर प्रेमी सुजन ढकालको र नर्स अनुमा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । तर सुजनको घरबाट अनुमासँग विवाह गर्न अस्वीकार भएको थियो ।
सोही विषयबाट सिर्जित परिस्थितिले नै सो अप्रिय घटना भएको प्रहरी वृत्त बालाजुले जनाएको छ । प्रहरीका अनुसार ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा ढकालका परिवारले प्रहरीमा खबर गरेका थिए।
मृतक अनुमाको परिवारको दावी अनुसार सुजन ढकाल आँफै र उनका बुबाले अनुमालाई विवाह गर्न अस्वीकार गरेका थिए । नारायणगढ घर भएकी अनुमा पेशाले नर्स र ढकाल डाक्टर भएको बताइएको छ । अनुमा वीर अस्पतालमा काम गर्ने गरेको र डाक्टर ढकाल भने कान्ति बाल अस्पतालमा काम गर्ने गरेको बुझिएको छ ।
त्यस्तै अनुमा सोह्रखुट्टेमा कोठा लिएर बस्दै आएकी थिइन् भने ढकालको घर बालाजु बोहोराटारमै हो । विवाह नै नभएको भएपनि अनुमा बेलाबेलामा ढकालकै घरमा गएर बस्ने गरेको समेत खुलेको छ । तर विवाह गर्न भने ढकाल परिवारले नमानेपछि अनुमाले आत्महत्या गरेको खुलेको हो ।
प्रहरीका अनुसार अनुमाले आत्महत्या गर्नुअघि एक एक नोटसमेत लेखेको पाइएको छ । सो नोटमा पनि प्रेम इतिहास र विवाहका लागि केटा पक्षले अस्वीकार गरेको नै उल्लेख गरिएको बताइएको छ ।
त्यस्तै ढकाल सँगकै प्रेमपछि आफूले दुई पटकसम्म गर्भपतन गराएको उल्लेख गरेकी छन् । यसको सबै कारण प्रेमी ढकालकै कारण भएको नोटमा उल्लेख गरिएको जनाइएको छ ।
अनुमाको परिवारको पक्षले अनुमाले यसअघि पनि २ पटक आत्महत्याको प्रयास गरेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी