काठमाडौँ। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) ले करार सेवामा स्टाफ नर्स पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
सूचना अनुसार, स्वास्थ्य सेवातर्फ पाँचौँ तहको स्टाफ नर्स पदमा केही संख्यामा कर्मचारी माग गरिएको छ। छनोट प्रक्रियामा लिखित परीक्षा र अन्तर्वार्ता समावेश हुने अस्पतालले जनाएको छ।
आवेदन दिनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। उमेरको हद १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।
इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८२ भदौ १९ गते कार्यालय समयभित्र अस्पतालको प्रशासन शाखामा दरखास्त फाराम बुझाउनु पर्नेछ।
परीक्षासम्बन्धी थप जानकारी अस्पतालको आधिकारिक वेबसाइटमा पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ भदौ २०८२, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
नर्स नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक
नर्सको नयाँ गन्तव्य खाडी मुलुक