काठमाडौँ। न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरू आन्दोलित भएका छन्। देशभरका सबै अस्पतालका नर्सहरूले शुक्रबार विरोध प्रदर्शन गरेका छन्।
सरकारीसरह सेवा सुविधा र पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई सरकारी अस्पतालका नर्सहरूले पनि ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका हुन्।
नर्सिङ संघले अघि सारेको १५ बुँदे मागलाई पुरा गर्नुपर्ने भन्दै शुक्रबार देशभरका अस्पतालका नर्सहरूले प्रदर्शन गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२-०६-२४ को पत्र कार्यान्वयन गरी स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकार सरह नघट्ने गरी दिनुपर्ने, अतिरिक्त कार्यबापत भत्ता दिनुपर्ने, ज्यालादारीमा नचलाउने र तलब-भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने उनीहरूको माग छ।
त्यस्तै, हालसम्म श्रमिकको रूपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गर्नुपर्ने लगायतको माग उनीहरूले राखेका छन् ।
विरोध प्रदर्शन गरिरहेका नर्सहरूले १८ कात्तिकसम्म पनि आफ्ना माग सुनुवाइ नभए कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
श्रमको सम्मान नभएसम्म नर्स आन्दोलन जारी रहने नर्सिङ संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ कार्तिक २०८२, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
नर्स नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक