काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किँदै छन। नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आइतबार राति साढे ८ बजे फर्किन लागेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उनी अस्पतालबाट सिधैं विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम छ ।उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लागेका हुन ।
राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर थप उपचारका लागि गत वैशाख ६ गते भारत लगिएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेल स्वेदश फर्किए
राष्ट्रपति पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता