निरा हत्या प्रकरण: पक्राउ परेका व्यक्तिलाई आज काठमाडौं ल्याइँदै

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, ११ : २७
निरा हत्या प्रकरण: पक्राउ परेका व्यक्तिलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं । काठमाडौं सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका झापा धुलाबारीका विनोद बिकलाई प्रहरीले आइतबार काठमाडौं ल्याउँदै छ ।

आइतबार बिकलाई काठमाडौं ल्याइसकेपछि घटनाकाे बारेमा विस्तृत रूपमा जानकारी दिने प्रहरीले बताएकाे हाे । काठमाडौंको एक रेटुरेन्टमा बाउन्सर भएर समेत काम गरेका बिकलाई प्रहरीले धुलाबारीबाट पक्राउ गरेको थियो । बिकलाई काठमाडौं ल्याउन उच्चस्तरीय छानविन समितिका दुई जना डिएसपीसहितको टोली झापा पुगेको थियो ।

प्रहरीले आचार्यको हत्याकाे अनुसन्धान गर्नका लागि एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन समेत गरेकाे थियो । कपनको सरस्वतीनगरमा निरू किचनकी सञ्चालक आचार्यको यही वैशाख ७ गते दिउँसाे पसलमै हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस