काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा तनहुँ हुँदै पोखरा जाने सडकको कुरा उठाएका छन् । सांसद वाग्लेले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग बिस्तार भइरहेको बताउँदै त्यो काम आवश्यक रहेपनि त्यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताए ।
उनले जनस्वास्थ्यका दृष्टिले धुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसी कुवा लगायतका ऐतिहासिक महत्त्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भारी मत र मतान्तरले विजयी बनाएर प्रतिनिधि सभामा पठाउने तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् । उनले भने,‘उहाँहरूको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वाचापत्र दोहोर्याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई डा. स्वर्णिम वाग्लेको आग्रह
स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार
तनहुँ–१ मा स्वर्णिम वाग्ले अगाडि
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले
सांसदको काम थिति बसाल्ने हो: स्वर्णिम वाग्ले