प्रतिनिधिसभामा डा. स्वर्णिम वाग्लेको पहिलो सम्बोधन : सडक व्यवस्थापनको माग

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १५ : ००
प्रतिनिधिसभामा डा. स्वर्णिम वाग्लेको पहिलो सम्बोधन : सडक व्यवस्थापनको माग

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाको बैठकमा तनहुँ हुँदै पोखरा जाने सडकको कुरा उठाएका छन् । सांसद वाग्लेले तनहुँ हुँदै पोखरा पुग्ने पृथ्वी लोकमार्ग बिस्तार भइरहेको बताउँदै त्यो काम आवश्यक रहेपनि त्यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताए ।

उनले जनस्वास्थ्यका दृष्टिले धुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसी कुवा लगायतका ऐतिहासिक महत्त्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भारी मत र मतान्तरले विजयी बनाएर प्रतिनिधि सभामा पठाउने तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् । उनले भने,‘उहाँहरूको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन ।’

प्रतिक्रिया दिनुहोस