सुर्खेत । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रोपटक विश्वासको मत लिने भएका छन् ।
शुक्रबार अपरान्ह ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा शुक्रबारदेखि औपचारिक रुपमा सदनमा उपस्थिति जनाउनेछ ।
उता, कर्णाली प्रदेश सभाका विभिन्न चारवटा समितिले शुक्रबार नै पूर्णता पाउने भएका छन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरुको नामावली सदनमा रहेका दलहरुले सचिवालयमा बुझाइसकेका छन् ।
‘उहाँहरुले दलबाट प्रतिनिधित्व हुने गरि चारवटा समितिका लागि सांसदहरुको नाम पठाइसक्नु भएको छ,’ सचिव बुढाथोकीले भने, ‘आज बस्ने प्रदेशसभा बैठकमा सभामुख ज्यूले नाम पढेर सुनाउनु हुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’
शुक्रबार समितिले पूर्णता पाएपनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुने उनको भनाइ छ । ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नेछन्,’ उनले भने, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रियाअघि बढाएर अध्यक्ष चयन गर्नेछन् । अब समिति नै बनेको छैन भन्ने गुनासो भने रहँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई