काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएको छ ।
उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले ढुङ्गा हान्ने राजनीति र भँडुवा राजनीति छाडेर शान्तिपूर्ण रूपमा लाग्न पहिचानवादीलाई आग्रह गरे ।
कार्यक्रममा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पहिचान र समावेशीताका लागि एमालेले नै अग्रसर भएर लडाइँ लडेको स्मरण गरे । अध्यक्ष ओली लगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओलीलगायतका नेता विरुद्ध नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ बैशाख २०८०, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?
जाँचबुझ आयोगलाई थर्काउँदै ओली, बयान मात्रै लिन खोजिए पनि प्रतिवाद
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि मतदान सुरु
जेनजी आन्दोलनबारे ओलीको ब्याख्यामा पार्टीभित्रै सशक्त प्रतिवाद