काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार छनले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
उक्त अवसरमा राजदूत छनले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए ।
परराष्ट्रमन्त्री साउदलाई सोमबार यूरोपेली संघको नेपालका लागि राजदूत नोना डेप्रेजसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरुले पनि भेटेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि साउदसँग भारत र अमेरिकाका राजदूतले पनि शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण