काठमाडौं । सिटी होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँट भएको छ । सिटी होटलले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको थियो ।यसमा १६ हजार ७४० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताले सेयर हात पारेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस आईपिओका लागि कुल १९ हजार ७४८ जना आवेदकले आवेदन दिएकामा ९ जनाको आवेदन रद्द भएको हो ।
वैदेशिक रोजगारीमा रहेका आवेदकहरुले बिक्री प्रबन्धकको वेबसाइट र सिटी होटलको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ । यता, यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि भने वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको छ । होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । पहिलो चरणमा सर्वसाधारणलाई छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको हो ।
यस्तै, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड
स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
सोपान फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट