नेपालमा समस्या देखिएको जहाज दुबईमा सफल अवतरण

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १० : ५८
नेपालमा समस्या देखिएको जहाज दुबईमा सफल अवतरण

काठमाडौँ।काठमाडौँ विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ। ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ः ११ बजे अवतरण भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै ठुलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका थिए ।

काठमाडौँमै आकस्मिक उडानको तयारी गरिए पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।विमानले धादिङको धर्केमाथिको आकाशमा केही बेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो । फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ । आज बिहान नियमित धावनमार्गमा मरेको चरा भेटिएकोले फ्लाई दुबईको दाबी सत्य निकट रहेको अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस