जितपछि स्वर्णिमले भने– 'यो मत मुलुकको मुहार फेर्नका लागि हो

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १० : १३
जितपछि स्वर्णिमले भने– 'यो मत मुलुकको मुहार फेर्नका लागि हो

काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् ।

निर्वाचित घोषणा भएपछि मतदातालाईडा. स्वर्णिम वाग्ले सामाजिक संजालबाट धन्यवाद दिएका उनले आफूलाई आएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् ।

“यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु । र, तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु,” डा. वाग्लेले भनेका छन्, “यी मतहरू तपाईँहरूले मलाईभन्दा पनि तनहुँ क्षेत्र नम्बर १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।”

प्रतिक्रिया दिनुहोस