झिनो अंकले बढ्यो सेयर बजार

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १५ : ५५
झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । सोमबार कारोबार सुरु भएदेखि नै तिव्र उत्तारचढाव आएको सेयर बजार अन्तमा झिनो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.७१ अंकले बढेर १,८८८.३२ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.२३ अंकले बढेर ३५९.३७ को विन्दुमा बन्द भएको हो ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ८३ करोडको सेयर कारोबार भएको बजारमा यस दिन २७० स्टकको ३३ हजार २१३ पटकको कारोबारमा ७५ करोड १३ लाख रुपैयाँ बराबरको २२ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।कारोबारमा आएको १२० कम्पनीको सेयर मुल्य बढेको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ भने, १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार कारोबारमा आएको पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.११ प्रतिशत बढेको छ। त्यसैगरी, एनआईबिएल प्रगति फण्डको इकाईमूल्य ७.९४ प्रतिशत र नबील इक्वाटी फण्डको मूल्य ३.९२ प्रतिशतले बढेको छ।

पछिल्लो १६ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको कालिञ्चोक दर्शनको सेयर यस दिन सबैभन्दा बढी घटेको छ। कम्पनीको सेयर मूल्य ९.६२ प्रतिशत घटेर ८०३ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, यस दिन सनराइज इक्विटी फण्डको इकाईमूल्य ८.८९ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस