तनहुँ-१ : २० वडाको भोट गनिसक्दा शीर्षस्थानमा स्वर्णिम, कसले कति मत पाए (अपडेट)

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १४ : ४२
तनहुँ-१ : २० वडाको भोट गनिसक्दा शीर्षस्थानमा स्वर्णिम, कसले कति मत पाए (अपडेट)

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २० वडाको २७ हजार ४४ मत गणना गर्दा वाग्लले १३ हजार ७४९ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईले ८०३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ४३९५ मत प्राप्त गरेका छन् ।  तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस