तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् ।
सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् ।
तनहुँ क्षेत्र नं. १ को मतगणना आइतबार रातिदेखि सुरु भएको हो । सुरुदेखि नै वाग्लेले अग्रता लिइरहेका छन् ।
आइतबार उपनिर्वाचन भएका चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ को भने मतगणना सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा दोहन र लुटतन्त्रका प्रतिवेदनहरू हेर्दा आङ नै सिरिङ्ग हुन्छः वाग्ले
वाचापत्र दोहोर्याएर पढ्न नवनिर्वाचित सांसदहरूलाई डा. स्वर्णिम वाग्लेको आग्रह
स्वर्णिम वाग्लेको चुनाव खर्च २६ लाख ९० हजार
तनहुँ–१ मा स्वर्णिम वाग्ले अगाडि
बालेन्द्र शाह अब रास्वपा नेता : स्वर्णिम वाग्ले
संसद्को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले