मौलाकाली केबलकार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १६ : ३६
मौलाकाली केबलकार प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

चितवन। मौलाकाली केवलकार प्रालिले बनाएको मौलाकाली केबलकार आउँदो १८ वैशाखदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैंडाकोट १ मा निर्माण सकेर केबलकार १ वैशाखदेखि परीक्षण सञ्चालन भएको थियो ।केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैंडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला छन् ।

केवलकारमार्फत बटम स्टेसनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पूजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ ।केवलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, व्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् । केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ ।नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस