सीके राउतको आरोप–बेल्डारी मतदान केन्द्र कब्जा गरियो

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, ११ : ०४
सीके राउतको आरोप–बेल्डारी मतदान केन्द्र कब्जा गरियो

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचन अन्तर्गत बुथ कब्जा गरिएको आरोप लगाएका छन् । आइतबार बिहान बारा क्षेत्र नम्बर–२ अन्तर्गत एउटा मतदान केन्द्र कब्जा गरिएको उनको आरोप छ ।पचरौता नगरपालिकाको बेल्डारी मतदान केन्द्र कब्जा गरिएको आरोप उनले लगाए । अरू एक/दुइटा बुथ पनि कब्जा गर्ने प्रयास गरिएको उनको भनाइ छ ।

‘बिहानैदेखि पचरौता नगरपालिकाको बेल्डारी बुथमा चाहिँ कब्जा भएको अवस्था छ । त्यहाँ हाम्रो बुथ एजेन्टलाई छिर्न दिएको अवस्था छैन,” उनले भने, “बेल्डारीको खास कुरा के हो भन्दाखेरी, त्यहाँ तीन/चार दिनअगाडिदेखि नै त्यो गाउँभित्र पनि प्रचारप्रसारका लागि, घरदैलोका लागि हाम्रो कार्यकर्ताहरू कसैलाई छिर्नै दिएको अवस्था      छैन ।”जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले आफूहरूमाथि अवरोध गरेको आरोप उनले लगाए । जनताले मतदानमार्फत आफूहरूलाई न्याय गर्ने उनले बताए ।