काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भिड लागको छ । तर, उपचुनावमा आफै उमेदवार रहेका केही व्यक्तिले भने मतदान गर्न पाउने छैनन् ।
ती उमेदवारले आफू उमेदवार रहेको अथवा उपनिर्वाचन हुन लागेको क्षेत्रमा मतदाता नामावली नभएकाले मतदान गर्न नपाएका हुन् ।
चितवन–२ का उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता नामावलीमा काठमाडौंमा भएकाले उनले आफूलाई मत दिन पाउने छैनन् । यस्तै, सोही क्षेत्रमा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेको पनि मतदाता नामावली चितवन–३ मा भएकाले मत दिन पाउँदैनन् ।
यता, तनहुँ–१ मा रास्वपाका उमेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली चितवनमा छ । एमाले उमेदवार सर्वेन्द्र खनालको काठमाडौंमा छ ।
बारा–२ मा सत्ता गठबन्धनका उमेदवार जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका पुरुषोत्तम पौडेलको मतदाता नामावली पनि त्यहाँ छैन । रास्वपाका उमेदवार रमेश खरेल काठमाडौका मतदाता हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार कायम
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी
रास्वपाको विस्तारित बैठक सुरु
रास्वपाको विस्तारित बैठक आजदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेन्डा