काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भिड लागको छ । तर, उपचुनावमा आफै उमेदवार रहेका केही व्यक्तिले भने मतदान गर्न पाउने छैनन् ।
ती उमेदवारले आफू उमेदवार रहेको अथवा उपनिर्वाचन हुन लागेको क्षेत्रमा मतदाता नामावली नभएकाले मतदान गर्न नपाएका हुन् ।
चितवन–२ का उमेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मतदाता नामावलीमा काठमाडौंमा भएकाले उनले आफूलाई मत दिन पाउने छैनन् । यस्तै, सोही क्षेत्रमा नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेको पनि मतदाता नामावली चितवन–३ मा भएकाले मत दिन पाउँदैनन् ।
यता, तनहुँ–१ मा रास्वपाका उमेदवार स्वर्णिम वाग्लेको मतदाता नामावली चितवनमा छ । एमाले उमेदवार सर्वेन्द्र खनालको काठमाडौंमा छ ।
बारा–२ मा सत्ता गठबन्धनका उमेदवार जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका पुरुषोत्तम पौडेलको मतदाता नामावली पनि त्यहाँ छैन । रास्वपाका उमेदवार रमेश खरेल काठमाडौका मतदाता हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० बैशाख २०८०, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित