साइक्लिङले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउँछ : राजदूत थम्पसन

सफल खबर संवाददाता

शनिबार, ०९ बैशाख २०८०, १५ : १२
साइक्लिङले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउँछ : राजदूत थम्पसन

काठमाडौँ । विश्व पृथ्वी दिवसको अवसरमा शनिबार काठमाडौँमा साइकल र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ ।आइएसएसआर, नुसान र अमेरिकि दूतावासको संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार स्क्वायरदेखि लुभुकाे महालक्ष्मी मन्दिरसम्म ७ किलाेमिटर दुरीमा साइकल र्‍याली निकालिएकाे हाे । उक्त साइकल र्‍यालीमा अमेरिकी राजदूत डिन आर थम्पसनलगायत करिब २०० जनाको सहभागिता रहेको थियो ।

 

 

 

यस अवसरमा राजदूत थम्पसनले भने, ‘म यस कार्यक्रमको हिस्सा हुन पाउँदा निकै उत्साहित छु । राजदूत थम्पसनले यस कार्यक्रमले वातावरण संरक्षणको महत्त्वबारे चेतना फैलाउन मद्दत गर्ने आशा व्यक्त गरे’। उनले दिगो भविष्य निर्माण गर्न र ग्रहको रक्षा गर्न प्रत्येक व्यक्तिको भूमिका रहेको बताए ।ललितपुर महानगरपालिकाका मेयर चीरिबाबु महर्जनले साइकल र्‍यालीमा सहभागी भएकाहरूलाई स्वागत गर्दै साकलिङले स्वास्थ्यलाई फाइदा पुर्‍याउने र बढ्दै गएको वायु प्रदूषण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

 

 

कार्यक्रमका क्रममा महालक्ष्मी नगरपालीकाकाे वडा न‌ं ६ र ८ का स्थानीयले  साइकलन र्‍यालीमा सहभागिहरुलाई विभिन्न बाजागाजकाे साथ स्वागत गरेका थिए ।आइएसएसआरका निर्देशक नरेश श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्दै सहयोगी हातहरूलाई धन्यवाद दिए । आइएसएसआरले विभिन्न निकायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए।

 

 

यसैबीच, अमेरिकी राजदूत थम्पसनले कार्यकममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘यो कार्यक्रम गर्ने अहिले राम्रो समय हो। नागरिक, देश र विश्वकै लागि र वातावरणका लागि महत्वपुर्ण छ।’ उनले भने।कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरी गोविन्द श्रेष्ठले सहभागी सबैलाई स्वागत गर्दै उक्त कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरे ।नेपाल युएस अलमनाइ नेर्टवर्क (नुसान) का अध्यक्ष सरोज विष्टले २०१८ देखि आफ्नो संस्थाको सुरुवात भएदेखि नै यस्ता कार्यक्रममा हातेमालो गर्दै आएको जानकारी दिए।

 

 

 

उक्त कार्यक्रममा राजदूत थम्पसन,उनकी पत्नी, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, महालक्ष्मी नगरपालिकाका मेयर, वडा न ८ का वडाअध्यक्ष लगायतले बिरुवा रोपेका छन् ।उक्त कार्यक्रममा सहभागीहरू र राजदूत थम्पसन दम्पतिले ७०० वर्ष पुरानो महालक्ष्मी मन्दिरमा दर्शन समेत गरेका छन् ।साइकल यात्राको क्रममा ग्राण्डी अस्पतालले एम्बुलेन्स सेवा पनि उपलब्ध गराएको थियो ।  यसैबीच सम्पूर्ण साइकलयात्रीहरुको लागि नेशनल इन्स्युरेन्सले इन्सुरेन्सको व्यवस्था गरिदिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस