चितवन। उपनिर्वाचनको मतदानको दिन भोलि चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन नपर्ने अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने बताएको हो ।यसअघि प्रशासन कार्यालयले राजमार्गमा गुड्ने लामो दुरीका गाडीलाई चल्न दिने बताएको थियो ।
गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम पछिल्लो निर्णय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘अनुमति लिन नपर्ने सवारी साधन बाहेकलाई राजमार्गमा पनि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ’, उनले भने ।भोलि मतदानको दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन २ भर सवारी सञ्चालनमा रोक लगाइएको हो । चितवन २ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् । यो निर्णय सँगै राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाडौँ, पोखरातर्फ जाने लामो दुरीका गाडी पनि सञ्चालन हुन नपाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय
रुपन्देही र मनाङमा कात्तिकको दोस्रो साता उपचुनाव गर्न प्रस्ताव
उपनिर्वाचनले स्थगित भएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु
उपनिर्वाचन २०८१ ले दिएको सन्देश