वीरगञ्ज । लिभिङ टुगेदरमा बसेर बिहे गर्न नमान्दा युवकको गर्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ।
युवकको हत्या गरी फरार रहेका दुवै जनालाई बारा प्रहरीले भारतको केरला राज्यबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका- १५ भिश्वा टोल बस्ने २४ वर्षका रामु भनिने कैलाश महतो र उनकी श्रीमती २० वर्षकी रोशनी देवी रहेकी छन्।
दुवै जना गत मङ्सिर २७ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका- ८ राजानगर टोलमा बस्ने २२ वर्षका सुरज भन्ने महेश साहको हत्या गरेर फरार रहँदै आएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषाेतम पाण्डेले जानकारी दिए।
प्रहरीका अनुसार मृतक महेश र कैलाशकी श्रीमती रोशनी देवी लिभिङ टुगेदरमा बस्ने गरेका थिए। सोही क्रममा रोशनीले महेशलाई बिहे गर्न दवाव दिएकी थिइन्। तर पहिलेदेखि बिहे भएको र एक जना छोरीकी आमा रोशनीसँग महेशका परिवारले बिहे गर्न मानेका थिएनन्।
बिहे गर्न नमानेपछि रोशनी र उनका श्रीमान कैलाशले गत मङ्सिर २७ गते बारा विश्रामपुर गाउँपालिका- ५ इटयाही टोलमा भेट्न बोलाएर महेशको हत्या गरी खेतमा रहेको परालको भुसमा लुकाएका थिए।
सोही बेलादेखि फरार रहँदै आएका दम्पतीलाई भारतीय प्रहरीको सहयोगमा भारतको केरलाबाट पक्राउ गरी शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको बारा एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या