पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिने गरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले भने, ‘अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पूरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ।’
लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा बढेकाे उत्साह पछिल्ला चुनावमा हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक रहेकाे उनकाे भनाइ छ।
प्रदेश सरकार बनाउँदै गर्दा आम कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएको महामन्त्री थापाले कांग्रेसले आमकार्यकर्तामाझ पुगेर उनीहरूका समस्या बुझ्नुपर्ने उल्लेख गरे।
‘कांग्रेस सरकारमा भएका बेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो’, उनले भने।
पार्टीभित्र पनि नयाँपुस्तालाई अवसर दिएर पार्टी अगाडि बढाउन जरुरी भएको उनको भनाइ छ।
पार्टीका सबै भ्रातृ संगठनको निर्वाचन सम्पन्न गरी संगठनलाई छिट्टै पूर्णता दिँदै कांग्रेस सक्रिय रूपमा आफ्नो संगठन विस्तार गर्न नगरदेखि गाउँका वडासम्म पुग्ने तयारीमा जुटेको पनि महामन्त्री थापाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा