उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ३४
उपनिर्वाचनको दिन मनकामना केबलकार बन्द रहने

चितवन । वैशाख १ गते मनकामना केबलकारको सेवा बन्द रहने भएको छ । चितवन क्षेत्र नं २ मा हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उक्त जिल्लाको कुरिनटारबाट गोरखा जिल्लाको प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुदाँ भिड बढ्ने र सुरक्षा संवेदनशिल बढ्रने हुदाँ उक्त दिन मनकामना केबलकार बन्द रहने मनकामना दर्शन प्रालि ले जनाएको छ ।

उपनिर्वाचनलाई लक्षित गरी केबलकार सेवा बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले गरेको आग्रह अनुसार सेवा बन्द गर्न लागिएको हो । मनकामना केबलकारको बटम स्टेसन चितवनको कुरिनटार क्षेत्र नं २ भित्र पर्छ ।

वैशाख ११ गते देखि केबलकार पुनस् सञ्चालनमा आउने प्रा लि ले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस