दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेका बुवा चढ्ने गाडी तोडफोड भएको छ।
तनहुँ- १ उम्मेदवार वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको हो।
तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको अवस्थामा बा ११ च ४२५० नम्बरको कारमाथि बिहीबार राति तोडफोड गरिएको छ।
कारको बायाँ भागको सिसा फुटाइएको छ भने इटा समेत हानिएको छ।
तोडफोड गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसदको काम थिति बसाल्ने हो: स्वर्णिम वाग्ले
जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले
साइबर ब्युरोमा उजुरी दिँदै स्वर्णिम वाग्ले
नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ : स्वर्णिम वाग्ले