शिक्षा मन्त्रालयको बजेट १२ अर्ब कम हुने

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ बैशाख २०८०, ०८ : २५
शिक्षा मन्त्रालयको बजेट १२ अर्ब कम हुने

काठमाडौं । आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १२ अर्ब रुपियाँले घट्ने भएको छ ।

अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई ५७ अर्ब ८५ करोड २० लाख रुपियाँ सिलिङ तोकेको छ । 

चालु आर्थिक वर्षमा सो मन्त्रालयको बजेट ७० अर्ब ५ करोड ३३ लाख छ । उक्त बजेटमा संघ र स्थानीय तहको बजेट छुट्टै रहनेछ ।

शिक्षा मन्त्रालयअन्तर्गत प्रदेश र स्थानीय तहसमेत गरी १ खर्ब ९६ अर्ब ३८ करोड विनियोजन भएको थियो ।

मन्त्रालयल स्रोतका अनुसार अर्थमन्त्रालयले हालसम्म प्रदेश र स्थानीय तहको बजेटको सिलिङ तोकेको छैन । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस