धनगढी । डडेल्धुरामा ढुंगा प्रहारबाट एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिकामा ढुंगा प्रहार गरी बिहीबार एक महिलाको मृत्यु भएको हो।
परशुराम-४ रज्यौडा बस्ने ६३ वर्षीया गोमती थापा मगरको ढुंगा प्रहारबाट मृत्यु भएको हो। उनलाई परशुराम ४ कै गोपाल राउटेले ढुंगा प्रहार गरी घाइते बनाएका थिए।
ढुंगा प्रहारबाट महिला घाइते भएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय जोगबुढाको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। हत्यारा भने फरार रहेका छन्।
ढुंगा प्रहार गर्ने राउटे फरार रहेको इलाका प्रशासन कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बुडुले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु