गोदावरीको जंगलमा भीषण आगलागी

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, २० : ०९
गोदावरीको जंगलमा भीषण आगलागी

काठमाडौं । ललितपुरको गोदावरीस्थित वस्ती नजिकैको जंगलका भीषण आगलागी भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित जुरेडाँडामा भएको उक्त आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी र दमकलहरु खटिएका छन् । तर, अवस्था नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

काठमाडौँका उपत्यकाका दर्जनौँ दमकलहरु आगलागी भएको स्थानमा पठाइएपनि भयानक आगलागी भएकाले नियन्त्रणमा लिन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस