काठमाडौँ । नेपाल प्रहरीका १३ जना नायव महानिरीक्षकले फुली लगाएका छन् । प्रहरी वरिष्ठ उपरीक्षकबाट डिआईजीमा बढुवा भएकाहरुलाई बिहीबार आईजीपी वसन्त कुँवरले फुली लगाइदिएका हुन् ।डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रवीन्द्र के.सी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र विकाश राज खनाल छन् ।
बुधवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बढुवा समितिको सिफारिस अनुसार डीआईजीको बढुवा नियुक्ति गरेका थिए । २०७९ चैत २९ मा बढुवा समितिले एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।बढुवा सिफारिसविरुद्ध प्रतिस्पर्धी मध्येका एसएसपी चक्र बहादुर सिंह र अनुराग द्धिवेदीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । आयोगले सो उजुरी खारेज गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
प्रधानमन्त्री सुशीला कार्कीसँग आईजीपी खापुङको बिदाइ भेट
प्रहरीका चार एआईजीको पदस्थापन
प्रहरीले भन्यो– आईजीपीले राजीनामा दिने कुरा भएको छैन
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान