बुटवल-अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक जना युवा घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति सियारी गाउँपालिका-३ का २० वर्षीय वीरेन्द्र केवटलाई अज्ञात समूहले गोली हानेका हुन्।
मोबाइल लुट्ने प्रयास गरेको र त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
केवटको खुट्टामा गोली लागेको छ। उनलाई भीम अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घाइतेको अवस्था सामान्य छ।
घटनामा संलग्नको खोजी कार्य र घटना अनुसन्धान जारी रहेको डिएसपी अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते