बुटवल-अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक जना युवा घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति सियारी गाउँपालिका-३ का २० वर्षीय वीरेन्द्र केवटलाई अज्ञात समूहले गोली हानेका हुन्।
मोबाइल लुट्ने प्रयास गरेको र त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
केवटको खुट्टामा गोली लागेको छ। उनलाई भीम अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घाइतेको अवस्था सामान्य छ।
घटनामा संलग्नको खोजी कार्य र घटना अनुसन्धान जारी रहेको डिएसपी अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा