काठमाडौ । कर्णाली प्रदेश सरकारमा सहभागी भएका कांग्रेसका तीन मन्त्रीहरुको शपथ आज हुँदैछ ।
नेपाली कांग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेसँगै उनीहरुको शपथ हुन लागेको हो ।
मंगलबार बसेको कांग्रेस प्रदेशसभा दलको बैठकले गत चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा कांग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेको नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र सदस्यले लिए पद तथा गोपनीयताको शपथ
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ