काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्। छातीमा संक्रमण भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
सोमबार राष्ट्रपति पौडेलको फोक्सो बाहिरको झिल्लीमा जम्मा भएको पानी झिकेर थप परीक्षणका प्रयोगशालामा पठाइएको थियो। पौडेलको सोमबार नै भिडियो एक्सरे गर्दा फोक्सोको बाहिरी झिल्लीमा थोरै पानी जमेको देखिएको थियो। त्यसपछि चिकित्सककै सिफारिसपछि फोक्सोको झिल्लीमा जम्मा भएको पानी निकालेर परीक्षणका लागि पठाइएको अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिए।
राष्ट्रपति पौडेललाई यसअघि पनि अस्पतालमा भर्ना गरिएको थियो। गत चैत १८ गते छाती र देब्रे कोखो दुख्ने समस्या भएपछि अस्पताल भर्ना भएका पौडेल पाँच दिन अस्पतालमा भर्ना भएका थिए।
उनलाई २२ गते डिस्चार्ज गरिएको थियो। त्यसपछि पनि उनको स्वास्थ्यमा समस्या देखिँदै आएपछि उपचारका लागि शिक्षण अस्पताल लगिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधिश सिंहको भेट
जनप्रतिनिधिलाई विकास र सुशासनमा एकताबद्ध भई जिम्मेवारी निर्वाह गर्न राष्ट्रपति पौडेलको आह्वान
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश
ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रपति पौडेल
यस्तो छ राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ
सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल