निशा डाँगीको प्रश्न : वायु प्रदुषण नियन्त्रण र रोकथामका लागि सरकारले के-के गर्दैछ ?

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १५ : १८
निशा डाँगीको प्रश्न : वायु प्रदुषण नियन्त्रण र रोकथामका लागि सरकारले के-के गर्दैछ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वायु प्रदुषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताएकी हुन् ।

काठमाडौं विश्वकै प्रदुषित सहरको पहिलो सूचीमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताइन् ।

‘नयाँ वर्षको आगमनसँगै एउटा नयाँ चिन्ता आगमन भएको छ । काठमाडौं संसारकै प्रदुषित सहरको पहिलो सूचिमा परेको छ । काठमाडौंका एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाईल्याण्डको चियाङमाई सहर रहेको छ । यसरी काठमाडौं विश्वकै प्रदुषित सहरको सूचिमा पर्ने घटना पहिलो पटक भने होइन’, उनले भनिन्, ‘केही वर्षयता यो क्रम निरन्तर देखा परिरहेको छ । त्यसैले वायु प्रदुषण नियन्त्रण र रोकथामका लागि अल्पकालिन, मध्याकालीन र दीर्घकालीन योजनाहरु के के बनाइएका छन रु तिनको कार्यान्वयनको अवस्था के, कस्तो छ भन्ने सम्बन्धित निकायले सदनलाई जानकारी दिनका लागि सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।’

सांसद डाँगीले काठमाडौं प्रदुषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस